समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

पोर्चुगल पठाइदिन्छु भनी साढे ३३ लाख ठगी गर्ने व्यक्ति पक्राउ

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.5K

युरोपेली राष्ट्र पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका–४ बालुवाटार घर भई हाल टोखा नगरपालिका–६ ग्राण्डी बस्ने रोजिन प्रजापति भन्ने रोजित श्रेष्ठ रहेका छन् ।

उनलाई प्रहरीले सोमबार काठमाडौं महानगरपालिका–४ बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

उनले ८ जनासँग ३३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा रोजित श्रेष्ठले पीडितहरुलाई उपलब्ध गराएको हवाई टिकट र भिसा समेत नक्कली भएको पाइएको प्रहरीले जनाएको छ ।

1.5K

Man arrested for defrauding 3.3 million to send to Portugal

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *