समखबर संवाददाता


0 प्रतिक्रिया

1K

उपत्यकामा एकैदिन १९ सय भन्दा बढी सवारी चालकमाथि कारवाही

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.3K

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ९ सय ६४ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा उपत्काकाको विभिन्न स्थानमा बुधबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १ सय ८० जना, लेन उल्लंघन गर्ने १ सय ३७ जना, मदिरा पिएर सवारी साधन चलाउने १ सय १० जना, तिब्र गतीमा सवारी साधन चलाउने ६९ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८८ जना चालक रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६४ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३१ जना चालकहरू पनि कारवाहीमा परेको कार्यालयले जनाएको छ ।

1.3K

Action taken against more than 1900 drivers in one day in Upatyaka

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *