समखबर संवाददाता


0 प्रतिक्रिया

1.5K

उपत्यकामा एकैदिन २३ सय १७ जना सवारी चालकमाथि कारवाही

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.9K

ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा २ हजार ३ सय १७ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेको कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १ सय ८० जना, मदिरा पिएर सवारी साधन चलाउने १ सय ८ जना, लेन उल्लंघन गर्ने १ सय ७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९६ जना र तिब्र गतीमा सवारी साधन चलाउने ८० जना रहेका छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ७० जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५१ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४१ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३३ जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

1.9K

Action against 2317 drivers in Kathmandu Valley

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *