समखबर संवाददाता


0 प्रतिक्रिया

2.2K

प्रचण्ड र एनआरएनएका पदाधिकारीबीच भेटघाट

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.7K

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेको छ ।

भेटघाट प्रचण्ड निवास खुमलटारमा भएको एनआरएनएले जनाएको छ ।

प्रतिनिधिमण्डलका पदाधिकारीहरुले सरकारले प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयकबारे छलफल गरेको थियो ।

उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा. बद्रि केसी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायतका पदाधिकारीहरुले विधेयक ल्याउनको लागि सहयोग गरेकोमा प्रचण्ड र माओवादी पार्टीलाई धन्यवाद दिएका थिए ।

विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गराई विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरुको भावनालाई सम्बोधन गर्न भेटमा उनीहरुले आग्रह गरेका थिए ।

जवाफमा प्रचण्डले संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि जुन व्यवस्था गरिएको छ त्यही अनुरुप विधेयक आउने विश्वास व्यक्त गरेका थिए ।

2.7K

Meeting between Prachanda and NRNA officials

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *