समखबर संवाददाता


0 प्रतिक्रिया

2.4K

उपसभामुखमा पुष्पा र विद्याबीच भिडन्त हुने

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

3K

प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदैछ । त्यसैले बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची छ ।

गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसाल र एमालेले विद्या भट्टराईलाई अगाडि सारेको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले उपसभामुखको उम्मेदवार भट्टराई भएको जानकारी दिए ।

यसअघि एमालेले साना दलहरुले अघि सारेका उम्मेद्वारहरुलाई सघाउने तयारी गरेको थियो । जसमा लोसपाकी चन्दा चौधरीको नाम अगाडि आएको थियो । तर, अब भने कांग्रेसकी भुसाल र एमालेकी भट्टराईबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *