समखबर संवाददाता


0 प्रतिक्रिया

1.9K

मध्यनेपालको रम्घा स्वास्थ्य चौकी पोषणमैत्री घोषणा

४ वर्ष अगाडि
लमजुङ
समखबर संवाददाता

2.3K

मध्यनेपाल नगरपालिकामा रहेको रम्घा स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको छ । 

निर्धारित मापदण्ड पुरा गरेसँगै एक औपचारिक कार्यक्रमका विच स्वास्थ्यचौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको हो ।

मध्यनेपाल–४, दुईपिप्लेमा रहेको सो स्वास्थ्य संस्था पोषणमैत्री घोषणा हुने जिल्लाकै पहिलो स्वास्थ्य चौकी हो । स्वास्थ्य चौकीले पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि निर्धारण गरिएका १८ वटा न्युनतम मापदण्ड पुरा गरेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि १८ सूचक तयार गरेको छ । स्वास्थ्य संस्था पोषणमैत्री घोषणाका लागि सम्बन्धीत स्वास्थ्य संस्थामा पोषण कर्नर स्थापना भएको हुनुपर्ने, पोषण सम्बन्धि सूचना मुलक पोस्टर प्रदर्शन भएको हुनुपर्ने, पोषण रजिस्टरमा पोषण सम्बन्धि अभिलेख शतप्रतिशत हुनुपर्ने लगायतका रहेका छन् । 

यसैगरी, स्वास्थ्य संस्थामा भिटामिन ए, आइरन, अल्बेडाजोल, तौल मेसिन रिपोर्टिङ रेकडीङ फारम लगायत पोषण सम्बन्धि सामग्री पर्याप्त मात्रामा भएको हुनुपर्ने, २ वर्ष मुनिका बालबालिकाको तौल ९० प्रतिशत भएको हुनुपर्ने, पूर्ण स्तनपान गराउने आमाको प्रगति ९० प्रतिशत माथि हुनुपर्ने, स्तनपान सम्बन्धि पोस्टर प्रदर्शन भएको हुनुपर्ने रहेका छन् । 

रम्घा स्वास्थ्य चौकीमा बहिरंग उपचार सेवा पनि शुरु भएको छ । सोहि कार्यक्रमको अवसर पारी स्वास्थ्य चौकीमा बहिरंग उपचार सेवा शुरु भएको मध्यनेपाल स्वास्थ्य शाखा प्रमुख सुर्यप्रसाद पौडेलले जानकारी दिए । 

2.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *