समखबर संवाददाता


0 प्रतिक्रिया

2.8K

साफ खेल्ने यू-२० टिम घोषणा

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

3.5K

साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टिम घोषणा गरेको छ । मुख्य प्रशिक्षक मेघराज केसीले भारतमा आयोजना हुने साफका लागि २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।

जुन टिममा नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका आयुष घलान समेत छन् । यस्तै, डेनमार्कबाट नेपाल खेल्न आइपुगेका सुगम सुवालले समेत स्थान बनाएका छन् । मुख्य प्रशिक्षक केसीले केही दिनमै कप्तानको समेत घोषणा हुने जानकारी गराए । ‘अहिले हामीले कप्तान घोषणा गरेका छैनौं । केही दिनपछि तय गर्नेछौं,’ केसीले भने ।

साफमा नेपालसहित आयोजक भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता छ । नेपालले पहिलो खेलमा माल्दिभ्सको सामना गर्नेछ । प्रतियोगिताको शीर्ष दुई टिमले सिधै उपाधिका लागि प्रसिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीः
गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख

डिफेन्डरः अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा

मिडफिल्डरः दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान

फरवार्डः दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी

3.5K

U-20 team announced

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *