समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

कांग्रेस उपसभापति खड्कालाई सुझाव: पहिला पार्टीभित्रको गठबन्धन तोडौं

४ वर्ष अगाडि
महोत्तरी
समखबर संवाददाता

1.5K

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का गठबन्धनको सन्देश बोकेर मधेस प्रदेश पुगेका छन् । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा शुभकामना दिन आइतबार मधेस आइपुगेका उनी कार्यकर्तामाथि नै खनिए ।

महोत्तरीको बर्दिबासस्थित एक होटेलमा आयोजित कार्यक्रममा कार्यकर्ताहरू नै पार्टीलाई कमजोर बनाउन लागिपरेको टिप्पणी गर्दै खड्काले बदनाम गराउने गरी चोक, चियापसलमा गफ गर्नुभन्दा नेतृत्वसँग बसेर छलफल गर्नुपर्ने सुझाव दिए ।

कांग्रेस मधेस प्रदेशले आयोजना गरेको कार्यक्रममा घुमाउरो पाराले उनले गठबन्धनलाई जोगाउनुपर्ने आशय ब्यक्त गरे । पार्टीभित्र अनुशासनको अवेज्ञा भएको भन्दै उनले गल्ती र कमजोरीलाई सबैले आत्मसात र आत्मालोचना गर्नुपर्ने सुझाव दिए ।

पार्टीभित्र आरोप(प्रत्यारोप चलिरहेको स्विकार गर्दै खड्काले स्थानीय निर्वाचनमा टिकट वितरणमा समेत त्रुटि भएको बन्दै आत्मालोचनासमेत गरे । निर्वाचनमा अन्तिम समयमा टिकट वितरण गर्ने गरेकाले पनि कांग्रेसले भने जति वडा र पालिका जित्न नसकेको उनको भनाइ थियो ।

‘तर यसपालि हामी गल्ती गर्दैनौ । शीर्ष नेतासँग छलफल गरेर कम्तीमा दुई महिना अगाडि टिकट वितरण गरिसक्नुपर्ने निष्कर्ष निकालेका छौं,’ उनले भने, ‘वितरणमा गम्भीर गल्ती भयो अब यो गल्ती दोहोरिने छैन ।’

टिकट सही समयमा वितरण भएको भए कांग्रेसले कम्तीमा चार सय २० ठाउँमा जित्ने, माओवादी केन्द्र र समाजवादीले बढी ठाउँमा जितेर एमाले थप कमजोर बन्ने उनको दाबी थियो । आगामी संघ र प्रदेशको निर्वाचनमा तयार रहन खड्काले निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिए ।

वडा, पालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरूको महत्त्वपूर्ण भूमिका रहने भएकाले जनताको काममा दत्तचित्त भएर लागी सबैको मन जित्न जनप्रतिनिधिलाई उनले सुझाव दिए । आफ्नै नेता र पार्टीको बदनाम गर्नेगरी कतिपय कार्यकर्ता लागिपरेको बताउँदै पार्टीको विधि, विधान र अनुशासनभित्र रहन पनि खड्काले निर्देशन दिए ।

मधेस प्रदेशका जिल्ला सभापतिहरूले भने गठबन्धन आवश्यकता नभएको औ‌ल्याए । जिल्लास्तरका नेता कार्याकर्ताहरूको कुरासमेत नसुन्ने केन्द्रकै कारणले पार्टी कमजोर भएको उनीहरूको भनाइ थियो । कांग्रेस बलियो बन्न पार्टीभित्रको गठबन्धन तोड्नुपर्ने जिल्ला सभापतिहरूले सुझाव दिए ।

1.5K

Suggestion to Congress Vice President Khadka: Let's first break the alliance within the party

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *