समखबर संवाददाता


0 प्रतिक्रिया

956

सहसचिव भिष्म भुसालको नेतृत्वमा मिटरब्याजसम्बन्धी अपराध नियन्त्रण गर्न कार्यदल गठन

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.2K

सरकारले मिटरब्याजसम्बन्धी अपराध नियन्त्रण गर्न गृहमन्त्रालयका सहसचिव डा. भिष्म भुसालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ ।
तराईसहितका स्थानका मिटरब्याज पीडितहरु काठमाडौंको आएर धर्ना तथा प्रदर्शन गरिरहेका बेला सरकारले कार्यदल गठन गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाणले शुक्रबार मन्त्रालयका सहसचिव भुसालको नेतृत्वमा कार्यदल गठन गरेको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए ।

उनका अनुसार कार्यदलमा भुसालसहित गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायव उपरीक्षक रोशन खड्का
नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उप– अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा छन् । कार्यदलको सदस्यसचिवको जिम्मेवारी भने प्रहरी नायव उपरीक्षक खड्कालाई दिइएको छ ।

मिटरब्याज अपराध नदोहोरिने, भएका समस्या समाधानको उपाय सुझाउन कार्यदललाई जिम्मेवारी दिएको प्रेस संयोजक भट्टराईले न्युज कारखानालाई बताए । उनका अनुसार कार्यदललाई एक महिनाको समय दिइएको छ । उक्त समयावधिभित्र मिटरब्याज अपराध नियन्त्रण, सहित सुझाव पेस गर्नुपर्नेछ । अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि कार्यदललाई निर्देशन दिइएको छ ।

गृहमन्त्री खाणले कार्यदल गठन गर्नुअघि शुक्रबार बिहान नै प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजी सम्बन्धी समस्या समाधानका विषयमा छलफल गरेका भट्टराईले बताए ।

1.2K

A task force has been formed to control crime related to meter reading under the leadership of Joint Secretary Bhishma Bhusal

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *