समखबर संवाददाता


0 प्रतिक्रिया

960

हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.2K

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एउटै चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न दिन निर्वाचन आयोगसँग माग गरेका छन् । 

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको चुनावमा एउटै चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न गरेको प्रस्तावलाई मंगलबार बसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको स्थायी समिति बैठकले स्वीकृत गरेको थियो । 

यसपछि मंगलबार दिउँसो दुवै पार्टीका प्रतिनिधि आयोगमा पुगेर निवेदन दिएका हुन् । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफूहरुलाई एउटै चुनाव चिह्न हँसिया हथौडा प्रयोग गर्न दिन उनीहरुले माग गरेका छन् । 

माओवादी केन्द्रीय कार्यालयबाट शिव खकुरेल र नेपाल समाजवादीका कार्यायल मुख्य सचिव खगेन्द्र देवकोटाले आयोगमा गएर एउटै चिह्न प्रयोग गर्ने सम्बन्धी निवेदन दिएका हुन् ।
 

1.2K

Prachanda and Baburam applied to the commission to use the hammer and sickle symbol

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *