समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

चिकित्सकको लापरबाहीले शिशुको मृत्युु भएको परिवारको आरोप

४ वर्ष अगाडि
सप्तरी
समखबर संवाददाता

1.7K

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकहरुको लापरबाहीले गर्भमै एक शिशुको ज्यान गरेको आफन्तहरूले आरोप लगाएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ हटेलकी २२ वर्षीय सिमलादेवी साहको गर्भमा रहेको शिशुको समयमा उपचार नपाउँदा मृत्यु भएको आफन्तको आरोप छ। सुत्केरी व्यथाले च्यापेपछि सोमबार बिहान साढे ८ बजे गजेन्द्रनारायण अस्पताल भर्ना गरिएको सिमलाका श्रीमान् प्रमोदकुमार साहले बताए ।

अस्पताल भर्ना गरेपछि एकपटक चिकित्सकले स्वास्थ्य अवस्थाबारे जानकारी लिए पनि थप व्यथाले च्यापेर सहन नसकेपछि पटकपटक चिकित्सकलाई सम्पर्क गर्दा हेर्नसमेत नआउँदा गर्भमा शिशुको मृत्यु भएको प्रमोदको आरोप छ।

चिकित्सकले समयमा चेकजाँच नगर्दा उपचारको अभावमा सोमबार राति साढे ८ बजे शिशु मृत जन्मिएको बताए । गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाश साहले गर्भवती महिलाको उपचार लापरबाही नभएको बताए । उनले भने, ‘बच्चाको सालनालले घाँटीमा बेरिएर दिसा खाएर बच्चाको मृत्यु भएको हो।’

कतिपय केसमा सावधानी अपनाउँदा पनि यस्ता दुखद् घटना हुने गरेको बताउँदै मेसु डा. साहले चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको आरोप निराधार रहेको बताए ।

1.7K

Family alleges infant's death due to doctor's negligence

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *