समखबर संवाददाता


0 प्रतिक्रिया

784

७ दिने भाषण तथा उद्घोषण क्षमता अभिबृद्धि तालिम सम्पन्न

४ वर्ष अगाडि
समखबर संवाददाता

980

रामेछाप मन्थली नगरपालिका १३ फुलासीमा भाषण उद्घोषण तथा व्यक्तित्व विकास सम्बन्धी तालिम कार्यक्रमको रुपमा मिति २०७९-३-२८ देखि २०७९-४-३ गते सम्म ,७ दिने भाषण तथा उद्घोषण क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको हो। कार्यक्रम भुजेल सेवा समाज को सभाहलमा भएको थियो।

कार्यक्रममा सभापतिको रूपमा भुजेल सेवा समाज मन्थली नगरपालिका १३ फुलासी अध्यक्ष राजकुमार भुजेल, रामेछाप जिल्ला समन्वय समितिको उप प्रमुख प्रेम बहादुर थापा प्रमुख अतिथि, नेपाल कम्युनिस्ट माओवादी केन्द्रको मन्थली नगरपालिका नगर कमिटीको उपाध्यक्ष दीपक राज प्रसाई विशेष अतिथि फुलासी लालीगुराँस युवा क्लबको अध्यक्ष सन्तोष चौहान, सुदन विश्वकर्मा भुजेल विद्यार्थी मञ्च रामेछापको केन्द्रीय सदस्य कोपिला भुजेल अतिथिका रुपमा थिए ।

कार्यक्रममा मुख्य प्रशिक्षकका रुपमा रूपक कालिराज प्रशिक्षक यवम motivational speaker पृथ्वी भुजेल र प्रशिक्षक आयुषा भुजेल थिए ।
प्रमुख अतिथि रामेछाप जिल्लाको समन्वय समितिको उप प्रमुख प्रेम बहादुर थापाले क्षमता अभिबृद्धिका यस्ता कार्यक्रम अनिवार्य जस्तै बन्दै गएको बताए । वडामा मात्र नभई जिल्लाको सम्पूर्ण भुजेल एकजुट भई जिल्ला समन्वय समिति बाट हुने सहयोग गर्ने प्रतिबद्दता समेत जनाउँदै क्षमता अभिबृद्धि यवम समाज विकासको लागि आफुले सक्दो प्रयास गर्ने बताए ।

कार्यक्रममा प्रशिक्षक पृथ्वी भुजेलले तालिममा सिकेका ज्ञान,सीपलाई पूर्णरुपमा व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरेका थिए । अनुभव राख्ने क्रममा प्रशिक्षार्थी निरुता अधिकारी क्षमता अभिबृद्धि तालिम लिन पाउदा आफुले यस तालिमबाट धेरै कुराहरु सिक्न सफल भएको साथै आफुले आफ्नो देशको चिनारी राख्नु पर्छ भन्ने प्रेरणा कार्यक्रममार्फत पाएको बताए ।

कार्यक्रमको सभापति भुजेलले उपस्थित सम्पूर्णलाइ धन्यवाद एवं सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रममा २० जना प्रशिक्षार्थी हरुलाई प्रमुख अतिथि ले प्रमाणपत्र बितरण गरेका थिए ।

980

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *