समखबर संवाददाता


0 प्रतिक्रिया

944

सामाजिक सुरक्षाभत्ता बुझ्न जानआउन वडाले यातायात खर्च दिने

४ वर्ष अगाडि
जुम्ला
समखबर संवाददाता

1.2K

हिमा गाउँपालिका वडा नम्बर १ ले सामाजिक सुरक्षाभत्ता बुझ्न जाने सर्वसाधारणलाई यातायात सुविधाको समेत व्यवस्था गर्न थालेको छ । सुरक्षा भत्ता बुझ्न जान र आउन सहज होस् भनेर उनीहरूलाई यातायतको सुबिधा दिन थालेको हो ।

यहाँबाट बैंकसम्म जान एक दिन लाग्ने भएकाले वडा कार्यालयले नै यातायात सुविधा दिएको वडाध्यक्ष रतनबहादुर शाहीले बताए । उनले भने, ‘प्रत्येक पटक सामाजिक सुरक्षाभत्ता बुझ्न जाने नागरिकका लागि यो सुबिधा दिइनेछ ।’

वडाध्यक्ष शाहीका अनुसार चार सय ५७ जनालाई सामाजिक सुरक्षाभत्ताका लागि बसको व्यवस्थापन गरिएको हो । बैंकले त्रैमासिक रुपमा भत्ता प्रदान गर्दै आएका छन् ।

1.2K

The ward will pay the transportation expenses to get to and from the social security allowance

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *