समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

नेकपा एकीकृत समाजवादी स्थापना दिवसको अवसरमा दीप प्रज्वलन 

४ वर्ष अगाडि
खोटाङ
समखबर संवाददाता

1.4K

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पुनर्गठन दिवसको अवसरमा खोटाङमा दीप प्रज्वलन गरिएको छ ।

पुनर्गठन दिवसको अवसरमा बिहीबार साँझ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी  दिक्तेलस्थित कार्यालयमा दीप प्रज्वलन गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एबं जिल्ला इन्चार्ज बबी चाम्लिङ, केन्द्रीय सदस्य एबं पूर्वसांसद कुलप्रसाद फुयाँल, प्रदेश कमिटी सदस्य अम्बीका राई, जिल्ला सचिव राजन आचार्य लगायतको उपस्थितिमा पार्टी कार्यालयमा दीप प्रज्वलन गरिएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले जनाएको छ । 
 

दिवसमा ज्येष्ठ नागरिकलाई सम्मान 
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दिउँसो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै पार्टी पुनर्गठन दिवस मनाएको छ । स्थानीय ९४ वर्षका धर्मलाल घिमिरे र ९२ वर्षका दिलछिनी श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गर्दै नेपाल एकीकृत समाजवादीले पुनर्गठन दिवस मनाएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सुर्योद्धय युवा क्लव खाल्लेको सभाहलमा पुनर्गठन दिवस मनाएको हो । कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एबं जिल्ला इन्चार्ज चाम्लिङ, केन्द्रीय सदस्य एबं पूर्वसांसद फुयाँल, केन्द्रीय निर्वाचन आयोग सदस्य भीम राई लगायतले सम्बोधन गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एबं जिल्ला इन्चार्ज चाम्लिङले केपी ओलीको अहंकार र निरंकुशताको कारण विद्रोह गरेर पार्टी पुर्नगठन गर्नुपरेको बताए ।

उनले आगामी निर्वाचनमा सानदार जीतका लागि लागिपर्न नेता तथा कार्यकर्तालाई आव्हान गरेका छन् । कार्यक्रम नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष जलसेर राईको अध्यक्षतामा भएको थियो । 

1.4K

Lamp lighting on the occasion of CPN Unified Socialist Foundation Day

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *