समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

नेसनल किड्सले देखाए प्रतिभा

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.6K

दोश्रो नेशनल किड्स अफ द इयर २०२२ का प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्ततु गरेका छन् । काठमाडौंमा सम्पन्न ट्यालेन्ट शोमा सिनियर र जुनियर प्रतिस्पर्धीहरुले नृत्य, गायन, कविता वाचन, चित्रकला, अभिनयजस्ता विविध कला प्रस्तुत गरे ।

ट्यालेन्ट शोको निर्णायकमा नेपालका राष्ट्रिय फुटबल टिमका पूर्व क्याप्टेन हरि खड्का, बरिष्ट कलाकार बीरेन्द्र हमाल, अभिनेत्री एनी कुँवर, अभिनेता गजित बिष्ट, उधमी खुसी पाठकलगायत थिए ।

इभेन्ट बेटर ग्यालेक्सीको आयोजनामा हुँदै गरेको यो प्रतियोगिताको फाइनलमा ४४ जना प्रतिस्पर्धी रहेको छन् । स्वस्तिका राजभण्डारीको कोरियोग्राफीमा अहिले प्रतिस्पर्धीहरु विभिन्न प्रशिक्षणहरु लिईरहेका छन् ।

प्रतियोगितामा प्रतिस्पर्धीहरुलाई सोफिया महर्जन कार्कीले पब्लिक स्पिच, वरिष्ट कलाकार वीरेन्द्र हमालले बडी ल्याँग्वेज र अभिनय, लिजा श्रेष्ठले डान्सको प्रशिक्षण दिइरहेका छन् ।

आयोजक संस्था इभेन्ट बेटर ग्यालेक्सीका अध्यक्ष धिरज तण्डुकारका अनुसार कोरोनाको महामारीपछि बालबालिकाहरूको व्यक्तित्व विकास र उनीहरूको प्रतिभा प्रस्तुतिका लागि यो प्रतियोगिता आयोजना गरिएको हो ।

नेशनल किड्स अफ द इयरको चयन आगामी २५ भदौमा काठमाडौंको थापाथली स्थित ब्लुबर्डको फायरिङ प्यानमा भव्य समारोहबीच हुने भएको छ । सिनियर र जुनियर गरेर यो प्रतियोगितामा ४ जना बिजेता चयन हुनेछन् ।

यो प्रतियोगितामा देभान्सी जोधानी, दिभ्याँगना ड‌ंगोल, लिवाना तुलाधर, नियाना अग्रवाल, प्राश्ना कोइराला, एन्जल केसी, एशिला श्रेष्ठ, स्नेहा शाक्य, आरध्य जोशी, शान्भी भट्टराई, साम्राज्ञी बुढाथोकी, आर्या महर्जन, युरिका प्रधान, अल्बिन राज्यलक्ष्मी राणा, श्वेता नगरकोटी, आर्या शाक्य, रोजश्री केसी, सदीक्षा श्रेष्ठ, श्रीता पौडेल रहेका छन् ।

यस्तै हिमांसु क्षत्री, विभान अग्रवान, र्‍युस शिल्पकार, उक्सिद साया प्रजापति, सम्राट श्रेष्ठ, स्पन्द विसी, युग श्रेष्ठ, लक्ष्य जैन, सुहास पुन, सुप्रभ हाडा, सक्सेस जमकट्टेल, विपश्वी श्रेष्ठ, लिभा शाक्य, साइरा भट्ट, आश्रीया भट्टराई, श्रेयसी पन्डित, सुनिभा पाण्डे, निभिका दुवाल, सुहान पुन, सार्थक केसी, अग्रिम बिक्रम सिजापति, आर्नभ श्रेष्ठ, दिब्यरत्न डँगोल, राहुल केसी, प्रमाण श्रेष्ठ पनि अन्तिम प्रतिस्पर्धीका रुपमा रहेका छन् । यो प्रतियोगिताको बिजेताले जनही २५ हजार रुपैयाँ विदेशमा हुने अन्तराष्ट्रिय बाल पेजेन्टमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएका छन् । 

1.6K

National kids showed talent

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *