समखबर संबाददाता


0 प्रतिक्रिया

952

हरिप्रसाद भुसाल बानको लुम्बिनी प्रदेश सचिवमा निर्वाचित

४ वर्ष अगाडि
अर्घाखाँची
समखबर संबाददाता

1.2K

ब्रोडकाष्टिङ एशोशियसन नेपाल बानको लुम्विनी प्रदेश सचिवमा अर्घाखाँचीका सञ्चार उद्यमी हरिप्रसाद भुसाल निर्वाचित भएका छन् ।

काठमाडाैँमा सम्पन्न बनको १८ औं साधारणसभा तथा सातौ अधिवेशनले भुसाललाई सर्वसम्मत रुपमा बानको लुम्विनी प्रदेश सचिवमा निर्वाचित गरेको हो ।
 
अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा करिब १० वर्षदेखि रेडियो सन्चालन गरिरहेका भुसाल न्युज कारखानाका स्थानीय संवाददाता समेत हुन् । भुसाल नयाँ एफ.एम. ८७ दशमलव ६ मेगाहर्जका स्टेशन म्यानेजर तथा संचालक हुन् ।

लामो पत्रकारिताको अनुभव रहेका भुसालले प्रदेशमा रहेका रेडियोहरुको संस्थागत विकासका लागि आफुहरु प्रतिवद्ध रहेको बताए । विभिन्न सामाजिक गतिविधीमा सक्रिय भुसाल स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीको संस्थापक अध्यक्षसमेत हुन् ।

1.2K

Hariprasad Bhusal Banko elected Lumbini State Secretary

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *