समखबर संबाददाता


0 प्रतिक्रिया

516

जेनजी आन्दोलित: प्रधानमन्त्री कार्की हटाउन माग

५ महिना अगाडि
काठमाडौं
समखबर संबाददाता

645

काठमाडौं मंसिर ८। जेनजी (Gen Z) आन्दोलनसँग आबद्ध विभिन्न समूहहरूले प्रधानमन्त्री सुशीला कार्की को तत्काल राजीनामा माग्दै राजधानीका विभिन्न स्थानमा आन्दोलन तीव्र पारेका छन्। उनीहरूले सरकार जनभावनाअनुसार चल्न नसकेको र आन्दोलनको मूल मुद्दाहरूलाई बेवास्ता गरेको आरोप लगाएका छन्।

जेनजी मुभमेन्टका २३ वटा समूहले संयुक्त रूपमा राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाउँदै कार्कीलाई अविलम्ब पदबाट हटाउन माग गरेका छन्। ज्ञापनपत्रमा भ्रष्टाचारविरुद्ध सरकारले प्रभावकारी कदम चाल्न नसकेको, जेनजी आन्दोलनका क्रममा भएका हत्या–हिंसा प्रकरणमा संलग्न व्यक्तिहरूको दण्डहीनता कायम रहेको र सरकारका निर्णयहरू युवा पुस्तासँग विमुख भएको उल्लेख छ।

जेनजी संयुक्त समितिले भनेको छ,
“अन्तरिम सरकारले पारदर्शिताको आधारमै राख्नुपर्ने निर्णय प्रक्रियालाई अपारदर्शी बनाएको छ। यस्तो सरकारलाई निरन्तरता दिनु राष्ट्रहितमा छैन।”गृहमन्त्रीका रूपमा ओमप्रकाश अर्याललाई नियुक्त गरिएको विषय जेनजी आन्दोलनको केन्द्रिय आपत्तिमध्ये एक बन्न पुगेको छ। उनीहरूका अनुसार आन्दोलनकै मुद्दामा विवादित व्यक्तिलाई गृह मन्त्रालय जस्तो संवेदनशील जिम्मेवारी दिनु आन्दोलनप्रति अपमानजनक व्यवहार हो।

जेनजी नेता सुदन गुरुङले भने,
“हामीसँग कुनै संवाद नगरी मन्त्री छानिन्छ। आन्दोलनको बलमा बनेको सरकारले आन्दोलनलाई नै उपेक्षा गर्नु हास्यास्पद छ। कार्की प्रधानमन्त्री रहँदासम्म सुधार सम्भव देखिँदैन।”यसअघि पनि सात वटा जेनजी समूहले प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै संयुक्त प्रेस वक्तव्य जारी गरेका थिए। उनीहरूले सरकार गठनका प्रमुख निर्णयहरूमा युवाको आवाज समावेश नभएको, भ्रष्टाचार नियन्त्रणका वाचा पूरा नभएको र आन्दोलनका मुद्दाहरू समाधानविहीन बनेकाे दाबी गरेका छन्।

जेनजी नेताहरूले भनिरहेका छन् कि सरकार गम्भीरतापूर्वक नआए सडकदेखि कुटनीतिक कार्यालयसम्म दवाब अभियान सञ्चालन गर्नेछन्।
“माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन,” उनीहरूको चेतावनी छ।

645

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *