समखबर संबाददाता


0 प्रतिक्रिया

848

रणसिंह परियारले छोडे विद्यालय व्यवस्थापन समिति

४ महिना अगाडि
काठमाडौं
समखबर संबाददाता

1.1K

काठमाडौं,मंसिर,२३ ।अदानचुली गाउँपालिका १ स्थित जनकल्याण आधारभुत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मवत भएका कर्णाली प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री रणसिंह परियारले विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट राजिनामा दिएका छन्।

अनलाइनखबरले पूर्वमन्त्री बने आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्ष भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको थियो।

सांसद एवम पूर्वमन्त्री परियारको आलोचना भएपछि सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै राजीनामा दिएका छन्।

२२ गते भर्चुअल बैठकबाट आफुले अध्यक्ष पदमा नरहने भन्दै लिखित रुपमा राजीनामा दिएको लेखेका छन ।

आधारभुत विद्यालय व्यवस्थापन समिति अध्यक्षमा ६ जनाको आकांक्षा रहेको थियो।

तत्कालीन माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित परियारलाई मुख्यमन्त्री यामलाल कँडेलले विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

1.1K

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *