समखबर संवाददाता


0 प्रतिक्रिया

248

ललितपुरमा ड्युटीमा खटिएका प्रहरीमाथि साङ्घातिक आक्रमण, १२ जना पक्राउ

४ हप्ता अगाडि
समखबर संवाददाता

310

ललितपुर, २० फागुन । ललितपुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ। चाँगाथली र झम्सीखेलमा भएका यी घटनामा संलग्न कुल १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महालक्ष्मी नगरपालिका वडा नम्बर ७ चाँगाथलीमा आइतबार राति गस्तीमा रहेको प्रहरी टोलीमाथि एक्कासी आक्रमण भएको छ। प्रहरी प्रभाग लुभुबाट खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) लाई स्थानीय केही व्यक्तिहरूले ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो।

आक्रमणबाट घाइते भएका प्रहरी कर्मचारीको इमाडोलस्थित किष्ट अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुरका २९ वर्षीय बुद्ध तामाङ (विकास), सल्यानका २० वर्षीय रमेश शाही र शंकर शाही, तथा रुकुमका २२ वर्षीय राजु मगर रहेका छन्। ललितपुर जिल्ला अदालतले उनीहरूलाई आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

यसैगरी, शनिबार राति ललितपुर महानगरपालिका वडा नम्बर ३ सानेपा, झम्सीखेलस्थित द ग्रोभ रेष्टुरेन्ट बाहिर हो(हल्ला गरिरहेका युवाहरूलाई सम्झाउन खोज्दा प्रहरी नै कुटपिटको शिकार भएका छन्। मादक पदार्थ सेवन गरी सार्वजनिक सडकमा झगडा गरिरहेका समूहलाई प्रहरी प्रभाग सानेपाको टोलीले रोक्न खोजेको थियो।

तर, सम्झाउन खोज्दा उल्टै आक्रोशित भएका ती व्यक्तिहरूले प्रहरीलाई अश्लील शब्द प्रयोग गर्दै लात्ता, मुक्का र लाठीले प्रहार गरेका थिए। कुटपिटबाट घाइते भएका प्रहरीको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले हुलहुज्जत र कुटपिटमा संलग्न ८ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूविरुद्ध सात दिनको म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

310

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *