समखबर संबाददाता


0 प्रतिक्रिया

332

मधेशका पूर्वमुख्यमन्त्री सिंहको जमानत जफत भयो

३ हप्ता अगाडि
समखबर संबाददाता

415

काठमाडौं, २५ फागुन । मधेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहको जमानत जफत भएको छ ।

प्रदेश सांसद पदबाट राजीनामा दिएर सप्तरी क्षेत्र नं. २ मा स्वाभिमान पार्टीबाट चुनाव लडेका उनको जमानत जफत भएको हो ।

त्यहाँ रास्वपाका रामजी यादव २८ हजार ४०४ मत पाएर विजयी भएका छन् ।पूर्व मुख्यमन्त्री सिंहले ३ हजार ५५७ मत पाएका छन् ।

निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका उमेश यादव १४ हजार २६३ मत पाउँदा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले ९ हजार ८८० मत मात्र प्राप्त गर्न सके ।

सिंहले पाएको मत ३ हजार ५५७ कुल सदर मतको ५. ६७ प्रतिशत मात्र हो । सदरमतको १० प्रतिशत नआए जमानत जफत हुने व्यवस्था छ ।

यस क्षेत्रमा खसेको मतमध्ये ६२ हजार ७८३ सदर भएको थियो । सिंहलगायत अन्य ३० उम्मेदवारको पनि जमानत जफत भएको छ ।

415

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *