समखबर संवाददाता


0 प्रतिक्रिया

264

कुवेतस्थित नेपाली दूतावासको आग्रह: आधिकारिक सूचना पालना गर्न नेपालीलाई अनुरोध

१ महिना अगाडि
समखबर संवाददाता

330

काठमाडौं, २५ फागुन । कुवेतस्थित नेपाली दूतावासले त्यहाँको आधिकारिक निकायहरूबाट जारी गरिएको सूचना तथा निर्देशन पालना गर्न अनुरोध गरेको छ ।

दूतावासले पश्चिम एसियाली देशहरूमा विकसित परिस्थिति मध्यनजर गर्दै सजगता अपनाउन नेपालीलाई तेस्रो पटक अनुरोध गरेको हो ।

कुवेतको हवाई क्षेत्र खुलेपछि मात्र नियमित उडान सुरु हुने भएकाले त्यसबारे अद्यावधिक सूचनाका लागि कुवेतको उड्डयन प्राधिकरणको वेबसाइट हेर्न तथा आफ्नो सम्बन्धित वायुसेवा प्रदायक ट्राभल एजेन्सीसँग सम्पर्क गरिराख्न समेत अनुरोध गरेको छ ।

कुवेत सरकारले त्यहाँ रहेका भिजिट भिसावाहक सबैको भिसा एक महिनाका लागि थप गरेको, कुवेत बाहिर रहेका कुवेतको सिभिल आईडीवाहकका हकमा विगतको कम्पनीमा काम गर्नेहरूका हकमा ६ महिना र घरेलु कामदारका हकमा ४ महिनाभन्दा बढी कुवेत बाहिर बस्दा सिभिल आईडी रद्द हुने व्यवस्था परिमार्जन गर्दै हालको अवस्थामा उल्लिखित अवधिमा ३ महिना थप गरेको दूतावासले जनाएको छ ।

थप गरेको अवधि २०२६ फेब्रुअरी २८ देखि लागु भएको र यसबाहेक अन्य सबै भिसावाहकका हकमा भिसा अवधि समाप्त हुनुअघि आफ्नो रोजगारदातासँग सम्पर्क गरी भिसा अवधि नवीकरण गर्नसमेत दूतावासले अनुरोध गरेको छ ।

कुवेतमा रहेका नेपालीलाई कन्सुलर तथा अन्य सेवा आवश्यक परेको अवस्थामा अत्यावश्यक सेवाका लागि नेपाली दूतावास नियमित खुला रहेको समेत दूतावासले जनाएको छ ।

330

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *