समखबर संवाददाता


0 प्रतिक्रिया

180

प्रतितोला १६ सयले घट्यो सुन, चाँदी ८० रुपैयाँले बढ्यो

५ दिन अगाडि
समखबर संवाददाता

225

काठमाडौं, १० चैत । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको हो ।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३४ हजार ८ सय २५ रुपैयाँ कायम गरिएको छ ।

सुनको मूल्यमा गिरावट आए पनि चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ । आज चाँदी प्रतितोला ८० रुपैयाँले बढेर ४ हजार ५ सय ५ रुपैयाँ पुगेको छ । 

सोमबार चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो । १० ग्राम चाँदीको मूल्य भने आज ३ हजार ८ सय ६३ रुपैयाँ रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ ।

225

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *