समखबर संबाददाता


0 प्रतिक्रिया

252

सुनसरीमा मोटरसाइकल ठोक्किँदा एक युवकको दुःखद अन्त्य

३ हप्ता अगाडि
समखबर संबाददाता

315

इनरुवा (सुनसरी),  १६ चैत । सुनसरी इटहरी उपमहानगरपालिका–१३ काली मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुहबी नगरपालिका-९ का २२ वर्षीय विपिन चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । प्र १-०२-०४८प ७९३८ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा पछाडि सवार विपिन गम्भीर घाइते भएका थिए । घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक दुहबी–९ का २२ वर्षीय विप्लव चौधरी सामान्य घाइते भएका छन् । उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । तीव्रगतिका कारण दुर्घटना भएको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

315

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *