समखबर संवाददाता


0 प्रतिक्रिया

2K

प्रदेश १ र मधेशमा भारी वर्षाको सम्भावना

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.5K

आज बिहान गण्डकी, बागमती, मधेश र प्रदेश १ का थोरै स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश नं १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । प्रदेश १ र मधेसका एक-दुई स्थानमा भारी वर्षाको प्रक्षेपण पनि गरिएको छ । त्यस्तै, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 बुधबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ ।

बिहीबार प्रदेश १, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भूभागमा वर्षाको आँकलन गरिएको छ । 

प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव छ । अन्य प्रदेशमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

2.5K

Chance of heavy rain in State 1 and Madhes

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *