समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

भिएनएलः फ्रान्सको दबदबा कायम

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.6K

नेसन्स भलिबल लिगमा ओलम्पिक च्याम्पियन फ्रान्सले आफ्नो दबदबा कायम राखेको छ ।

शनिबार राति समापन भएको पुरुषतर्फको खेलमा जापानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फ्रान्स २१ अंकसहित शीर्षस्थानमा छ । फ्रान्सले जापानविरुद्ध २५-२२, २७-२५, २५-१७ को सहज जित निकाल्यो ।

यता, दोस्रो स्थानको पोल्यान्डले अष्ट्रेलियालाई ३-० कै सोझो सेटमा हरायो । १८ अंकसहित दोस्रो स्थानमा रहेको पोल्यान्डले २५-१७, २५-१९, २५-११ को जित निकाल्यो ।

अन्य खेलमा नेदरल्यान्डले अर्जेन्टिनालाई ३-२ को सेटमा हरायो । इरानले क्यानडा र इटालीले स्लोभाकियालाई सोझो सेटमा हराउँदा अमेरिकाले घरेलु टोली बुल्गेरियालाई ३-१ को सेटमा हरायो ।

जारी भलिबल नेसन्स लिगमा १६ टिमको सहभागिता छ । यसपछि क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछन् ।

1.6K

VNL: France dominates

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *