समखबर संवाददाता


0 प्रतिक्रिया

1.8K

कार्यकारिणी बैठकमा उपेन्द्रले बाबुराम पक्षलाई आमन्त्रण नगरेको गुनासो

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.2K

अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रिय कार्यकारिणी समिति बैठकमा संघीय परिषदका अध्यक्ष बाबुराम पक्षधरभ भने अनभिज्ञ रहेका छन ।

आगमी २७–२८ असारमा बोलाईएको केन्द्रिय कार्याकारिणी समितिको बैठकमा असन्तुष्ट भट्टराई पक्षधर भने अनभिज्ञ रहेका छन् ।

‘केन्द्रिय कार्यकारिणी समितिको बैठक बोलाईयो भन्ने सुनेको छु तर अहिलेसम्म खबर आएको छैन्,’ सांसदसमेत रहेकी केन्द्रिय कार्यकारिणी समितिका सदस्य अमृता अग्रहरीले न्युज कारखानासँग भने, ‘उपेन्द्रजीले संसदीय दलको बैठक बोलाउँदा होस वा पार्टीको छलफल चलाउँदा होस कसैलाई बोलाउने कसैलाई नबोलाउनु गर्दै आएको भएको थियो, यही होला भनेर बुझौं ।’ 

ईमेल, मोवाइल म्यासेजमार्फत बैठकको जानकारी गराउँदै आउने चलन भए पनि अहिलेसम्म भट्टराई पक्षधरका नेताहरुले बैठकका बारेमा सुचना नपाए पछि यादव पक्षधर नेताहरुसँग चासो ब्यक्त गरिरहेका छन ।
उता, यादव पक्षधर नेता मनिष सुमनले भने बैठकमा बारेमा इमेल आएको जानकारी दिए । ‘मलाई चाँही बैठकमा उपस्थित हुनका लागि इमेल आएको थियो तर केही साथीहरुले कुनै खबर पाईएन भनिरहनु भएको छ, सायद बैठक आउन अझै केही दिन बाँकी रहेकाले पनि खबर आउन ढिलाई भएको होला’ सुमनले भने ।   

2.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *