समखबर संवाददाता


0 प्रतिक्रिया

1.5K

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्बको लागतमा नयाँ टर्मिनल भवन निर्माण हुने

४ वर्ष अगाडि
काठमाडौ
समखबर संवाददाता

1.9K

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्ब रुपियाँको लागतमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ । २००६ सालमा पहिलो पटक विमान अवतरण भएको यस विमानस्थल प्रयोग गर्ने हवाई यात्रु र विदेशी जहाज सङ्ख्यासमेत बर्सेनि थपिँदै गएपछि आगामी आर्थिक वर्ष २०७९/८० बाट नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको तयारी गरिने भएको छ ।

विमानस्थल पूर्वाधार विस्तार गुरुयोजना ९सन् २०१०/२०२८० अन्तर्गत विमानस्थलको क्षमता अभिवृद्वि गर्न नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिने नयाँ टर्मिनल भवन निर्माण कार्य सुरु भएको पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।अन्तर्राष्ट्रिय हवाई सङ्गठन (आईसीएओ) को मापदण्डअनुसारका हवाई यातायात सुविधाको भौतिक सुधारअन्तर्गत निर्माण गरिने नयाँ टर्मिनल भवनले करिब एक लाख वर्गमिटर क्षेत्रफल ओगट्नेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

1.9K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *