समखबर संवाददाता


0 प्रतिक्रिया

1.7K

दुबई भाग्न खोज्दा विमानस्थलबाटै फर्काइए राष्ट्रपतिका भाइ

४ वर्ष अगाडि
एजेन्सी कोलम्बो
समखबर संवाददाता

2.2K

श्रीलंकाका पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले देशमा जारी विरोधबीच दुबई भाग्ने असफल प्रयास गरेका छन् । विमानस्थलमा मानिसहरूले उनलाई चिनेपछि र अध्यागमन अधिकारीहरूले यात्रा अस्वीकार गरेपछि उनी विमानस्थलबाट फर्किएका थिए । 

राष्ट्रपति गोटाबाय राजापाक्षेका भाइृ बसिल राजापाक्षेले मंगलबार बिहान कोलम्बो अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी टर्मिनलबाट देश छोड्न खोजिरहेका बेला उनको पहिचान भएको थियो । त्यसपछि मानिसहरूले विरोध गरेका थिए । 

बसिल मंगलबार बिहान सबा १२ बजे चेक–इन काउन्टरमा पुगेका थिए । उनी सबा ३ बजेसम्म त्यही थिए । अध्यागमन अधिकारीहरूले उनलाई ‘क्लियर’ नगरेपछि अन्ततः उनी विमानस्थलबाट फर्किएका थिए । 

श्रीलंका इमिग्रेसन एण्ड इमिग्रेसन अफिसर्स एसोसिएसनका सदस्यले कोलम्बो एयरपोर्टको भीआईपी प्रस्थान क्षेत्रमा राजापाक्षेलाई सेवा दिन अस्वीकार गरेको एसोसियसनले जनाएको छ । 
 

2.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *