समखबर संवाददाता


0 प्रतिक्रिया

2.4K

अपांगता भएकी युवती बलात्कार आरोपमा दुईजना पक्राउ

४ वर्ष अगाडि
बैतडी
समखबर संवाददाता

3K

बैतडीमा अपांगता भएकी युवती बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका-४ की २० वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा दोगडाकेदार-४ का ५१ वर्षीय गोपीराम चुनारा र ३२ वर्षीय ललित चुनारा छन् । उनीहरूले २७ असार दिउँसो युवतीलाई फकाएर गोठमा लगी बलत्कार गरेको पीडितका आफन्तले बताएका छन् ।

पीडित युवतीको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए ।

गत साता मात्रै पुर्चौडी नगरपालिकास्थित पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुखले मजदुर महिलालाई बलात्कार गरेको घटना बाहिर आएको थियो । उक्त घटनाका विषयमा अनुसन्धान जारी छ । क्याम्पस प्रमुखले पदबाट राजीनामा दिइसकेका छन् ।

3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *