समखबर संबाददाता


0 प्रतिक्रिया

800

एमाले महासचिव पोख्रेलले उठाए कुलमानमाथि प्रश्न

४ महिना अगाडि
काठमाडौं
समखबर संबाददाता

1K

काठमाडौं, पुष, १५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऊर्जामन्त्री कुलमान घिसिङलाई उपसभापति बनाएपछि प्रश्न उठाएका छन् ।

घिसिङलाई रवि लामिछाने नेतृत्वको रास्वपाले पहिलो वरीयताको उपसभापति बनाएको २४ घण्टा नबित्दै उनले प्रश्न उठाएका हुन् ।‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिइ उपसभापति बनाउनु कति उचित हो ?’ एमाले महासचिव पोखरेलले फेसबुकमा प्रश्न गरेका छन् ।

मन्त्री घिसिङ र रास्वपाबीच सोमबार सहमति भएको थियो । सहमतिपत्रमा उनको नाम पहिलो वरियताको उपसभापतिको हैसियतामा उल्लेख गरिएको छ ।

1K

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *