समखबर संबाददाता


0 प्रतिक्रिया

452

सम्पदा संरक्षणमा लापरबाही नगर्न आग्रह : अध्यक्ष ओली

२ महिना अगाडि
समखबर संबाददाता

565

काठमाडौं,७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानको संरक्षण गर्दै जनताका अधिकारलाई जीवित राख्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गर्दै उनले राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रको गरिमा संरक्षण तथा क्षतविक्षत भएका राष्ट्रका धरोहर जोगाउन आवश्यक भएको बताए ।

शुभकामना सन्देशमा उनले भनेका छन्“आज प्रजातन्त्र दिवस, जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन, प्रजातन्त्रका लागि आफ्नो जीवन अर्पण गर्नुहुने अमर सहिदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली तथा सम्मान ।”

565

समखबर संबाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *