समखबर संवाददाता


0 प्रतिक्रिया

992

एउटै वडाबाट कांग्रेसका ५७ क्रियाशील सदस्यले दिए राजीनामा

४ वर्ष अगाडि
समखबर संवाददाता

1.2K

काठमाडाै‌ं । टिकट वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै धनगढीको एउटै वडाका ५७ जना कांग्रेस क्रियाशील सदस्यहरूले राजीनामा दिएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा पार्टीकै विरुद्ध बागी उम्मेदवारी दिएका बुद्धि खड्कालाई यस पटक वडा अध्यक्षको टिकट दिएको भन्दै धनगढी–४ बाट कांग्रेसका ५७ जना क्रियाशील सदस्यले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा २०७४ को निर्वाचनमा कांग्रेसबाट विजयी वडा अध्यक्ष दीपकबहादुर थापा क्षेत्री, कांग्रेसका निवर्तमान वडा सभापति अनन्तराज जोशी, पूर्व सभापति छत्र बडैला, निवर्तमान कोषाध्यक्ष इन्दिरा जोशी लगायतका नेता रहेका छन् । 

बिहीबार पत्रकार सम्मलेनको आयोजना गर्दै कांग्रेसमा विधि र पद्धति अन्य भएको र इमानदार कार्यकर्ताको आवश्यकता नरहेको ठहर गर्दै सामूहिक राजीनामा दिएको निवर्तमान सभापति अनन्तराज जोशीले बताए । 

‘अघिल्लो निर्वाचनमा कांग्रेसबाटै उम्मेदवार दिएर पार्टीलाई समाप्त पार्न खोजेका बुद्धि खड्कालाई कारबाही नसकिँदै वडा अध्यक्षको उम्मेदवारी दिइएको छ,’ उनले भने, ‘यसले पार्टीको सिद्धान्त र नीति सकिएको ठहर गर्दै अहिले सामूहिक राजीनामा दिएका हौं ।’ आसन्न स्थानीय तहको निर्वाचनका लागि वडा नम्बर ४ बाट अध्यक्षका लागि ११ को नाम वडा बाट सिफारिस भएकोमा छलफल नै नगरी बागी उम्मेदवारलाई टिकट दिएको उनको आरोप छ । 

आफूहरू ९९ जना क्रियाशील सदस्यलाई उपेक्षा गरी बागी उम्मेदवारलाई नै टिकट दिएकाले पार्टीमा नबस्ने निर्णयसहित सामूहिक राजीनामा दिएको उनीहरूले बताएका छन् ।

वडा नम्बर–४ का पूर्वसभापति छत्र बडैलाले वडामा रहेका योग्य 

सदस्यलाई बेवास्ता गर्दै बागी उम्मेदवारलाई आधिकारिकता दिए पनि सबैले राजीनामा दिएको बताए । ‘म ४ वर्षदेखि वडा अध्यक्षका लागि तयारी गरिरहेको थिए,’ उनले भने, ‘तर आज मलाई जानकारी नै नगराएर अन्तिम समयमा केन्द्रबाट नै अर्कैलाई अध्यक्षको उम्मेदवार बनाइएको छ, यसले हामीलाई दुखी बनाएको छ ।’

वडा नम्बर–४ बाट वडा सदस्यमा सिफारिस भएकी इन्दिरा जोशीले मनोनयन गर्ने वेला आफ्नो नाममा टिपेक्स लगाएर अर्कैलाई मनोनयन गर्न लगाएको बताइन् । वैशाख १२ गते दिउसो १ बजेसम्म पनि आधिकारिक उम्मेदवार मनै थिए,’ उनले भनिन्, ‘अन्तिममा मेरो नाममा टिपेक्स लगाएर अर्कैलाई मनोनयन गर्न लगाइयो, मैले लामो समय पार्टीमा काम गरेको सजाए पाइसके, आज देखि स्वतन्त्र भएर बस्छु ।’

Avatar

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *