समखबर संबाददाता
निर्वाचनमा हार जित हुनु स्वभाविकै हो । तर, धनकुटाको सहिदभुमी गाउँपालिकामा गठबन्धनलाई मत दिएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले स्थानीयलाई कुटपिट गरेका छन् ।
धनकुटाको सहिदभुमी गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका मनोज राई १ सय ८२ मतको अन्तरले विजयी भएका थिए । उनका प्रतिद्धन्द्धी नेकपा समाजवादीका जेवी राईलाई मत दिएको भन्दै सहिदभुमी गाउँपालिका वडा नं. ६ सुके आहालमा आज बिहान साँढे ६ बजेतिर एमालेका कार्यकर्ताहरुले ४६ वर्षीय बच्चिमाया राईलाई कुटपिट गरेको स्थानीय रुद्र राईले बताए ।
बच्चीमायालाई लछारपछार गरी कुटपिट गर्ने सबै नेकपा एमालेका कार्यकर्ता रहेको बताए । त्यस्तै, उनी नेपाली कांग्रेसकी क्रियाशील सदस्य समेत हुन् । एमाले कार्यकर्ताहरुले कुटपिट गर्दा च्यातिएको कपडासहित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा सम्पर्कमा पुगेकी छन् ।
उनले आफुलाई कुटपिट गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने बताइन् ।
समखबर संबाददाता