समखबर संबाददाता
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्मार्ट भरतपुरको सपना पूरा गरेर छाड्ने बताएकी छन् । दोस्रो पटक महानगर प्रमुखको पदभार ग्रहण गरेकी दाहालले बिहिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मतदाताहरुलाई धन्यवाद दिँदै यस्तो बताएकी हुन्।
उनले भरतपुरको विकास, भरतपुरवासीको अवस्था बदल्ने संकल्पबाहेक आफ्नो कुनै व्यक्तिगत स्वार्थ नभएको भन्दै स्मार्ट भरतपुरको सपना पूरा गर्नको लागि हातेमालो गर्न भरतपुरवासीलाई अपील समेत गरिन् ।
समखबर संबाददाता