समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे बालेन, सहयोग हुने देउवाको भनाइ

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.4K

प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले भेट गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवासँगको भेटवार्ताका लागि शाह बालुवाटार पुगेका थिए । 

भेटमा प्रधानमन्त्री देउवाले साहलाई महानगरको मेयर भएकोमा बधाई दिएका थिए । 

त्यसक्रममा मेयर शाहले महानगरको विकास निर्माणमा सहयोगका लागि पार्टी र सरकारका तर्फबाट देउवासँग सहयोग मागेका थिए । 

प्रधानमन्त्रीले महानगरले गर्ने काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । 

‘विकासको काममा सहयोग हुन्छ, महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, सबैको सहयोग हुन्छ,’ भेटमा देउवाको भनाइ उदृत गर्दै उनले भने ।
साहले कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए । 

साहले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेका थिए ।  निर्वाचित घोषणा हुन अघि उनी बालकोट पुगेका थिए । 

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *