समखबर संवाददाता


0 प्रतिक्रिया

1.9K

सहिद सेतु विकको सालिक तोडफोड

४ वर्ष अगाडि
बाँके
समखबर संवाददाता

2.3K

नेपालगञ्ज स्थित सेतु विक चोकमा रहेको सहिद सेतु विकको सालिक तोडफोड भएको छ ।

राजा वीरेन्द्रको सालिक राख्ने विषयमा विवाद हुँदा आक्रोशित राप्रपाका कार्यकर्ताहरूले सेतु विक चोकमा रहेको सहिद सेतुको सालिक तोडफोड गरेका हुन ।

नेपालगन्जको पुरानो वीरेन्द्रचोक र अहिलेको धम्बोजी चोकमा राजा विरेन्द्रको सालिक राख्ने क्रममा त्यहाँ विवाद भएको हुदै आएको थियो ।

‘सेतु विक चोकमा रहेको सहिद सेतु विकको सालिकको केही भाग फुटेको छ ।’, बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मधुसुधन न्यौपानेले भने । ‘झडपमा उत्रिएका राप्रपा ४ जनालाई नियन्त्रणमा लिएका छौं । घटनास्थलको अवस्था सामान्य हुदै गएको छ ।’

तनावपूर्ण स्थिति उत्पन्न भएपछि आसपासका पसलहरु बन्द गरिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले वीरेन्द्र चोक र सेतु विक चोकलाई सुरक्षा घेरा दिएर राखेको छ ।

को हुन ? सहिद सेतु विक
सेतु विक ६२/६३ को जनआन्दोलनमा शहादत प्राप्त गर्ने शहीद हुन् । उनले २०६३ वैशाख ५ गते आन्दोलनको क्रममा नेपालगञ्जमा सहादत प्राप्त गरेकी थिइन् । छुवाछूतको चर्को दलनमा रहेकी विकलाई लोकतन्त्रको नारा र दोस्रो आन्दोलनको जनउभारले सडकतिर तानेको थियो ।

६२/६३को जनआन्दोलन उत्कर्षका क्रममा सडकमा रहेका आन्दोलनकारी माथि दमन गर्न प्रहरीले हानेको अश्रुग्यासको सेल लागि सेतुले सहादत प्राप्त गरेकी थिइन् ।

सहिद विकका आशिष, सागर र सुमन ३ छोरा छन् ।

तस्बिर महेश बस्नेतको फेसबुक वालबाट लिइएको हो ।

2.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *