समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

कस्तो छ आजको मौसम ?

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.4K


नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व/पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । 

बिहान प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।  बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान र मधेश प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश १ का थोरै स्थानमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई  स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार प्रदेश १,  बागमती र गण्डकीका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *