समखबर संवाददाता


0 प्रतिक्रिया

1K

वर्षौंसम्म चल्ने युक्रेन युद्धलाई सहयोग गर्न तयार हुनुपर्छः-नेटो प्रमुख

४ वर्ष अगाडि
मस्को
समखबर संवाददाता

1.3K


मस्को–पश्चिम देशहरू युक्रेनलाई वर्षौंसम्म चल्ने युद्धमा सहयोग जारी राख्न तयार हुनुपर्ने नेटोका प्रमुखले चेतावनी दिएका छन् । महासचिव जेन्स स्टोल्टनबर्गले युद्धको लागत उच्च रहेको तर मस्कोलाई आफ्नो सैन्य लक्ष्य हासिल गर्न दिनुको मूल्य अझ ठूलो भएको बताए ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दीर्धकालीन युद्धका लागि तयार हुनुपर्ने बताइरहेका बेला नेटो प्रमुखको भनाइ सार्वजनिक भएको हो । युक्रेनलाई बढी हतियार उपलब्ध गराएमा युक्रेनका लागि जित हुने जोनसन र स्टोल्टनबर्ग दुबैले बताएका छन् ।

‘युद्ध लाग्न सक्ने तथ्यका लागि तयार हुनुपर्छ । हामीले युक्रेनलाई समर्थन गर्न छोड्नु हुँदैन’ नेटो प्रमुखले जर्मन पत्रिका बिल्डसँगको एक अन्तर्वार्तामा भने ।

1.3K

Ukraine must be ready to support years of war: NATO chief

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *