समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

नाइटक्लबमा गोली चल्यो, २ जनाको मृत्यु

४ वर्ष अगाडि
एजेन्सी ओस्लो
समखबर संवाददाता

1.6K

नर्वेको राजधानी ओस्लोको एक नाइटक्लबमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु हुनुको साथै १० जना घाइते भएको नर्वे प्रहरीले जनाएको छ । सार्वजनिक प्रसारक एनआरके र अन्य स्थानीय सञ्चार माध्यमले  गोलीबारी एउटा  लोकप्रिय समलैंगिक बार लन्डन पबमा भएको जनाएको छ । 

प्रहरीले संदिग्धलाई पक्राउ गरेको छ । आक्रमणको उद्देश्य के थियो भन्ने तत्काल खुल्न सकेको छैन ।

ओस्लोले शनिबार वार्षिक प्राइड परेड आयोजना गर्ने कार्यक्रम छ । ‘दुई जनाको मृत्यु भएको पुष्टि भएको छ’, ओस्लो प्रहरी विभागले ट्वीटमा भनेको छ । 

गोली लागेर तीन जना गम्भीर घाइते भएका पनि प्रहरीले जनाएको छ । 

1.6K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *