समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

नेता महर भन्छन्- प्रदेश र संघको निर्वाचनमा ६० प्रतिशत युवालाई अगाडि सार्नुपर्छ

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.6K

नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य नैनसिंह महरले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरण गर्दा पार्टी गम्भीर बन्नुपर्ने बताएका छन्। राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा महरले पार्टीले आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी युवालाई अगाडि सार्नुपर्ने बताएका हुन् ।

उनले आफ्नो पार्टीभित्रको व्यवस्थापनलाई ध्यान दिएर अरु पार्टीसँग गठबन्धनमा जान कांग्रेसका लागि हितकर हुने बताए। देशभर एक्लै चुनावमा जाँदा समेत पार्टीभित्र असन्तुष्टि देखिएर असहयोग भएको विगतलाई हेर्नु पर्ने उनको तर्क छ।

महरले नेताहरूको स्वाभिमानलाई ख्याल नगरी अर्कै तरिकाले टिकट वितरण गरिए विस्फोटको सम्भावना रहेको तर्फसमेत पार्टी नेतृत्व सचेत हुनुपर्ने बताए। त्यसका लागि पार्टीभित्र गहन छलफल भइरहेको पनि उनले बताएका छन्।

नेता महरले पार्टीभित्र टिकट वितरणपछि विगतमा देखिँदै आएको असन्तुष्टिलाई विचार गरेर यसपटक यो समस्यालाई हल गर्ने कुरामा ध्यान दिइने बताए । ‘गठबन्धनसहित चुनावमा गए कसरी जाने, भागबन्डाको मोडल कस्तो हुने र नगए कसरी जाने र कसलाई टिकट दिने र टिकट नपाउने साथीहरूलाई कसरी कन्भिन्स गर्ने भन्ने कुराको वातावरण निर्माण गर्नुपर्छ,’ नेता महरले भने, ‘कांग्रेसभित्र असन्तुष्ट साथीलाई सम्झाउने प्रवृत्ति छैन। पार्टी र देशप्रतिको सबैको प्रतिबद्धता बराबर हुन्छ। त्यसकारण टिकट वितरण गर्दा होस् वा अन्य अवसर दिदा होस् असन्तुष्ट व्यक्तीलाई सम्झाउने प्रवृत्तिको विकास गरिनुपर्छ।’

प्रजातान्त्रिक पद्धतिमा चुनावका बेला पार्टीभित्र सिर्जना हुने गुटउपगुटलाई स्वाभाविक रुपमा लिनुपर्ने उनले बताए। आफूहरु पार्टीलाई नचुहिने छाताजस्तै साझा बनाउने अभियानमा लागेको महरको भनाइ थियो।

1.6K

Leader Mahar says that 60 percent youth should be promoted in the state and federal elections

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *