समखबर संवाददाता


0 प्रतिक्रिया

1.5K

दैलेखमा बाल विवाहविरुद्धको साझा अभियान सञ्जाल गठन

४ वर्ष अगाडि
सुर्खेत
समखबर संवाददाता

1.8K

दैलेखमा बाल विवाह विरुद्धको साझा अभियान सञ्जाल गठन गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको संयोजकत्वमा सञ्जाल गठन गरिएको हो । 

बुधबार सोसेक नेपालका उप-कार्यकारी निर्देशक वसन्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सञ्जाल गठन गरेको हो । जिल्लामा विभिन्न संस्थाहरूको प्रतिनिधि सहभागी बैठकले सोसेक नेपाल संयोजक रहने गरी सञ्जाल गठन गरिएको हो ।

सञ्जालको जिल्ला सह संयोजकमा सेतो गुराँस बाल विकास सेवा दैलेख रहेको छ । यस्तै बाल विवाह विरुद्धको साझा अभियान सञ्जाल दैलेखको सदस्यहरूमा एभरेस्ट क्लब, सेवक दैलेख, सिबियो महासंघ, ठाटीकाँध कृषि तथा पशुपालन सहकारी संस्था, दैलेख युनेस्को केन्द्र, पञ्चकोशी ज्वाला युवा प्रतिष्ठान, महिला सशक्तीकरण मञ्च रहेका छन् ।

बैठकले दैलेख जिल्लामा बाल विवाहको जोखिम अति नै रहेको र बाल विवाह अन्त्यका लागि स्थानीय सरकारलाई जबाफदेही बनाउनका लागि दैलेख जिल्लाका सबै स्थानीय सरकारलाई बाल विवाह अन्त्यका लागि आवश्यक क्रियाकलाप सञ्चालन र बाल विवाह अन्त्यका लागि आवश्यक रणनीति तयार गर्न ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।

दैलेख जिल्लामा बाल विवाह अन्त्यका लागि जिल्लामा सक्रिय संघ संस्थाहरूले आआफ्नो कार्य क्षेत्रमा संस्थाद्वारा सञ्चालित परियोजना तथा कार्यक्रमका गतिविधिहरूसँग समायोजन थरी बाल विवाह विरुद्धको विभिन्न अभियान, जनचेतना अभिवृद्धि तथा कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

1.8K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *