समखबर संवाददाता


0 प्रतिक्रिया

2.1K

मन्त्रिपरिषद पुनर्गठन : जसपाबाट ३ नेता मन्त्री

४ वर्ष अगाडि
काठमाडौ
समखबर संवाददाता

2.6K

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले सोमबार जनता समाजवादी पार्टीका तीन नेतालाई सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।

जसपाबाट मृगेन्द्रकुमार सिंह कृषि, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार र प्रदीप यादव वनमन्त्री नियुक्त भएका हुन् । जनता समाजवादी पार्टीले नेताहरु महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर नयाँ नेताहरुलाई मन्त्रिपरिषदमा पठाएको हो ।

यसअघि नेकपा एकीकृत समाजवादीले पनि मन्त्री हेरफेर गरेको थियो ।

2.6K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *