समखबर संवाददाता


0 प्रतिक्रिया

2.9K

आजपनि एमालेले कर्णाली प्रदेश बैठक चल्न नदिने, बैठक अघि सभामुखले सर्बदलीय छलफल गर्दै

४ वर्ष अगाडि
सुर्खेतं
समखबर संवाददाता

3.6K

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अवरोधको कारण स्थगित भएको कर्णाली प्रदेशको प्रदेश सभा बैठक पुनः आज बस्दैछ ।

आफना माग सम्बोधन गर्नका लागि पटक पटक आग्रह गरे पनि मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्वोधन नगरेको जनाउँदै एमालेले बैठक अबरुद्ध गर्दै आएको अवस्था पुनः बैठक आब्हान गरिएको हो ।

गत माघमा भएको ७ बुदेँ सहमति कार्यान्वयन नगरेको, मुख्यमन्त्री रोजगार कार्याक्रमको कार्यबिद्यी नसच्चाएको, सुदुरपश्चिमका तीनवटा जिल्लालाई समेटेर बजेट ल्याएको आरोप एमालेले लगाउँदै त्यसलाई सच्चाउनु पर्ने माग गर्दै आएको छ । 

मुख्यमन्त्री शाहीले प्रतिपक्षी दलको माग सम्वोधन नगरिसकेकाले आजको प्रदेशसभाको बैठक पनि अबरुद्ध हुने एमालेले चेतावनी दिएको छ । 

पटक पटक सर्वदलीय बैठकवाट सहमति गर्ने प्रयास गरे पनि सहमतिमा नपुगेको अवस्थामा सभामुख राजबहादुर शाहीले बैठक अघि पुनः सर्बदलीय बैठक बोलाएर सहमतिको प्रयास गर्ने तयारी गरेका छन । त्यसका लागि अपरान्ह सर्बदलीय बैठकवाट समस्या समाधानको हल खोज्ने सभामुख शाहीले जानकारी दिए । 

3.6K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *