समखबर संवाददाता


0 प्रतिक्रिया

1.7K

अवैध लागूऔषधसहित चार जना पक्राउ

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

2.1K

बाँके र सुर्खेतबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१४ चौलिका चोकबाट १ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय अन्जन खाँ, सोही उपमहानगरपालिका–१६ जयसपुर बस्ने २६ वर्षीय दिलदार अन्सारी र २८ वर्षीय इर्फान जोलाह रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले अन्जन खाँको घरबाट उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेतको jLरेन्द्रनगर नगरपालिका–९ लाटीकोईलीबाट ४ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कालीकोट माहाबै गाउँपालिका–३ घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २४ वर्षीय दिपेन्द्र सिह छन् उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश लागूऔषध नियन्त्रण ब्यूरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

2.1K

Four people arrested with illegal drugs

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *