समखबर संवाददाता


0 प्रतिक्रिया

2.3K

एटीएम मेसिन फुटाउन गैती लिएर बुथमा छिरेका किशोर प्रहरी हिरासतमा

४ वर्ष अगाडि
पोखरा
समखबर संवाददाता

2.9K

एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउन खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले एक किशोरलाई नियन्त्रणमा लिएको छ।

पोखरा-८ न्यूरोडस्थित एनआईसी एसिया बैंकको एटीएममा गत शुक्रबार छिरेका किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पोखरा-९ पृथ्वी चोक बस्ने १९ वर्षीय नरेश पुन मगर छन् । शनिबार नियन्त्रणमा लिइएका उनीमाथि अदालतबाट चोरी उद्योगमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

किशोरले एटीएम मेसिनभित्र गैती लिएर छिरेको सीसीटिभी फुटेजमा देखिन्छ ।

2.9K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *