समखबर संवाददाता


0 प्रतिक्रिया

1.7K

नाग्म-गमगढी सडक अवरुद्ध

४ वर्ष अगाडि
जुम्ला
समखबर संवाददाता

2.1K

कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ । निरन्तरकाे वर्षातले बाढी आएपछि सिंजा गाउँपालिका –२ विष्टवाडास्थित खोलामा सडक अवरुद्ध भएपछि समस्या भएको हो ।

२ नम्बर वडाध्यक्ष तिर्थ वडका अनुसारका विष्टवाडा खोलामा ठूलो बाढी आएको छ । खोलामा सवारी साधान आवतजावत गर्न सक्ने अवस्था छैन । सवारी साधन खोला वारी र पारी रोकिएका छन् । यात्रु अलपत्र परेका छन् । 

सिंजा गाउँपालिका–३ नराकोट पालिका भवनस्थित हिमा नदीमाथि मानिससहित सवारी साधन आवतजावत गर्न मिल्ने काठेपुल निर्माण गरिएको थियो । बाढीले हिमा नदीको बहाव बढेपछि काठेपुल पनि बन्द भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । 
 

2.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *