समखबर संवाददाता


0 प्रतिक्रिया

1.7K

एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरी मृत फेला

४ वर्ष अगाडि
झापा
समखबर संवाददाता

2.2K

झापामा एउटै रूखमा झुण्डिएको अवस्थामा तीन किशोरी मृत फेला परेका छन् । जिल्लाको कचनकवल गाउँपालिका–५ स्थित पठामारीमा ३ किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

सुनकोशी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनीहरु त्यहिँ कार्यरत रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाकाअनुसार पंचम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीय कल्पना मृत अवस्थामा भेटिएका हुन् ।

हिजो दिउँसोदेखि हराएका उनीहरू आज बिहान करिब ७.३० बजे झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

मृतकमध्ये एक जनाले गाई बाँध्ने दाम्लो, अर्कीले प्लाष्टिकको डोरी र अर्कीले गम्छा प्रयोग गरेका छन् ।

2.2K

Three teenage girls were found dead hanging from the same tree

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *