समखबर संवाददाता


0 प्रतिक्रिया

1.4K

प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ

४ वर्ष अगाडि
भक्तपुर
समखबर संवाददाता

1.7K

प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–१ सिरूटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठ समेत दुई जना छन् । उनीहरुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

बा ८३ प ७७६३ नम्बरको मोटरसाइकलमा मादक पदार्थ सेवन गरी सवार उनीहरूलाई सूर्यविनायक नगरपालिका–१ सिरूटार धन्सारचोकमा ड्युटीमा खटिएको प्रहरीले जाँच गर्न रोकेका थिए । त्यसपछि उनीहरूले प्रहरीमाथि हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

1.7K

assault on police, two arrested

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *