समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

पहिरोका कारण तीनवटा सडक अवरुद्ध

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.3K

पहिरोका कारण दैलेख, पर्वत र लमजुङमा सडक अवरुद्ध भएका छन् ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेतारामा सोमबार बिहान पहिरो जाँदा कर्णाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

प्रहरी चौकी पाल्तडाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगास्थित मालढुंगा बेनी–सडकखण्डमा सोमबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

अस्थायी प्रहरी पोष्ट मालढुंगाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

लमजुङको बेसीशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा सोमबार बिहान पहिरो जाँदा डुम्रे–बेसीशहर सडकखण्ड अवरुद्ध भएको छ ।

अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

1.3K

Three roads blocked due to landslides

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *