समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

सर्लाहीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

४ वर्ष अगाडि
सर्लाही
समखबर संवाददाता

1.4K

सर्लाहीमा सवारी दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ५ लक्ष्मिनिया टोल बस्ने महेन्द्र साहको छोरा अन्दाजी २६ वर्षीय मुकेश साह रहेका छन् ।

शुक्रबार बिहान सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १० किशनपुर टोलस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१९६ नम्बरको ट्रिफर गाडीले बिपरित दिशाबाट जादै गरेको ना२१प ७४०१ नम्बरको मोटरसाइकलाई ठक्कर दिदाँ रौतहट निवासी मोटरसाइकल चालक साहको घटना स्थलमै मृत्यु भएको हो ।

साहलाई ठक्कर दिने टिफर र टिफर चालक ईलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे अनुसन्धान थालिरहेको जनाएको छ ।

1.4K

Car accident in Sarlahi, one person died

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *